शनिबार, वैशाख १५, २०८१

शुक्रबार सुनचाँदीको मूल्य घट्यो

नेपालखोज २०७७ फागुन १४ गते ११:३०

काठमाडौं । साताको अन्तिम कारोबार दिन आज नेपाली बजारमा सुनको मूल्यमा गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार ८९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबार ५ सयले गिरावट आई प्रतितोला ८८ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै, आज तेजाबी सुनको मूल्य प्रतितोला ८८ हजार तीन सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाली बजारमा आज चाँदीको मूल्यमा समेत गिरावट आएको छ । हिजो एक हजार तीन सय ५५ रुपैयाँमा कारोवार भएको चाँदीको मूल्यमा आज २० रुपैयाँले घटेर प्रतितोला एक हजार तिन सय ३५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया