देउवाकाे प्रधानमन्त्री यात्रा !
संगम ढकाल
२०७८ असार २९ गते २१:०४

प्रतिनिधिसभा पुनःस्थापना गर्दै सर्वोच्च अदालतको संवैधानिक इजालसले संविधानको धारा ७६ (५) अनुसार कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री नियुक्ति गर्न परमादेश जारी गरेको थियो । सोही अनुरूप राष्ट्रपति विद्यादेवी भण्डारीले आज (मंगलबार) सभापति देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी छन् । यससँगै देउवा नेपालको ४३ औं र ५ औं पटक प्रधानमन्त्री बन्न सफल भएका छन् ।
शेरबहादुर देउवा कुन कुन सालमा प्रधानमन्त्री बने ?
पहिलो पटक
- वि.सं. २०५२ भदौ २७ देखि २०५३ फागुन २९ गते सम्म
अवधि : लगभग १ वर्ष ६ महिना
दोस्रो पटक
- वि.सं. २०५८ साउन ११ देखि २०५९ असोज १८ गते सम्म
अवधि : लगभग १ वर्ष २ महिना
तेस्रो पटक
- वि.सं. २०६१ जेठ २१ देखि २०६१ माघ १९ गते सम्म
अवधि : लगभग ८ महिना
चौथो पटक
- वि.सं. २०७४ जेठ २४ देखि २०७४ फागुन ०३ गते सम्म
अवधि : लगभग ८ महिना
पाचौं पटक (हाल)
वि.सं. २०७८ असार २९ देखि
प्रजातान्त्रिक विद्यार्थी आन्दोलनबाट राजनीतिमा होमिएका देउवा नेपाल बिधार्थी संघका प्रथम सभापति हुन् ।
नवनियुक्त प्रधानमन्त्री देउवाद्वारा शपथ ग्रहण
सम्बन्धित
प्रतिक्रिया