बुधबार, जेठ १, २०८२

टोकियो ओलम्पिक : नेपालबाट २६ जना सहभागी हुँदै, झण्डा गौरिकाले बोक्ने

नेपालखोज २०७८ असार ३० गते ६:५०

काठमाडौं । जापानमा आयोजना हुने टोकियो ओलम्पिकमा नेपालको झण्डा पौडीकी गौरिका सिंहले बोक्ने भएकी छिन् ।

नेपाल ओलम्पिक कमिटीले मंगलबार पत्रकार सम्मेलन गर्दै ओलम्पिकको उद्घाटनको मार्च पासमा गौरिकाले नेपालको झण्डा बोक्ने जानकारी दिएको छ । गौरिकाले दोस्रोपटक ओलम्पिक खेल्न लागेकी हुन् । उनी २०१६ को रियो ओलम्पिकमा ओलम्पिककै सर्वाधिक कम उमेरको खेलाडी बनेकी थिइन् ।

त्यस्तै नेपाली टोलीको सेफ द मिसनमा राष्ट्रिय खेलकुद परिषद् (राखेप) सदस्य-सचिव रमेशकुमार सिलवाल रहेको ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियल गरि कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । जसमा पाँच खेलाडी र चार प्रशिक्षक छन् । टोकियो ओलम्पिक जुलाई २३ देखि अगस्त ८ सम्म हुनेछ ।

प्रतिक्रिया