बालुवाटारबाट बालकोटसम्म ओलीको यात्रा ! (फाेटाे फिचर)

नेपालखोज २०७८ असार ३० गते १५:२६
No description available.

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छाडेर आफ्नो नीजि निवास भक्तपुरस्थित बालकोट पुगेका छन् । बुधबार निर्वतमान प्रधानमन्त्री ओलीले सरकारी निवास छाडेका हुन् ।

सोमबार सर्वोच्च अदालतले शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन परमादेश जारी गरेसँगै राष्ट्रपति विद्या भण्डारीले मंगलबार देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् ।

देउवा प्रधानमन्त्रीको शपथ ग्रहण गरी आफ्नै निजी निवास बूढानीलकण्ठमा गएका थिए । ओलीले सरकारी निवास छाडेसँगै देउवाका लागि सरकारी निवास बालुवाटार आउन सहज भएको छ ।

No description available.

बालुवाटार छाड्दैगर्दा ओलीको समर्थकहरुको भिड लागेको थियो । मंगलबार नै एमाले नेताहरुले मोटर साइकल र गाडीका साथमा ओलीलाई स्कर्टिङ गरी बालकोट पुर्‍याउने उद्घोष गरेका थिए, भने नेताहरुको निर्देशनअनुसार सयौँको संख्यामा एमालेका नेता, कार्यकता ओलीलाई स्वागत गर्न बालुवाटारदेखि बालकोटसम्मै उपस्थित भएका थिए ।

No description available.

युवा तथा विद्यार्थीहरु र पार्टी कार्यकर्ताहरु केपी शर्मा ओलीको नाम अंकित पोस्टर, पार्टीको झन्डा र बाजागाजासहित उपस्थित भएका थिए ।

No description available.

स्थानीयले उनलाई पुष्पगुच्छा प्रदान गरेका थिए । पत्नी राधिका शाक्यसहित निजी निवास पुगेका उनको पक्षमा निवासमा पनि केहीबेर नाराबाजी भएको थियो । ओलीले समर्थक तथा शुभेच्छुकहरुलाई बरन्डाबाट अभिवादन गरेका थिए ।

No description available.
No description available.

ओलीको पक्षमा नाराबाजी गर्ने कार्यकताहरुले सर्वोच्च अदालत, सरकार र गठबन्धनका नेताहरु प्रति अभद्र नारावाजी समेत गरेका थिए । ओलीको गृहप्रस्थानले सडक भने अस्तव्यस्त भएको थियो । सर्वसाधारणले जामको सास्ती भोग्नुपरेको थियो ।

No description available.

प्रतिक्रिया