सोमबार, फागुन १४, २०८०

चौबीस घण्टामा २ हजार ९०५ संक्रमित थपिए, १ हजार ६०६ जना डिस्चार्ज

नेपालखोज २०७८ असार ३० गते १६:३८

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ९०५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा १ हजार ६०६ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८ हजार १०८ पीसीआर परीक्षणमा २ हजार १० र ४ हजार ९१६ एन्टिजेन परीक्षणबाट ८९५ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो चौबीस घण्टामा १८ जनाको मृत्यु भएको छ ।

प्रतिक्रिया