व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गराैं : मन्त्री भुसाल

नेपालखोज २०७८ असार ३० गते १७:१५
No description available.

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले पदभार सम्हालेकी छन् । आज (बुधबार) सिंहदरबारमा पदबहाली गर्दै मन्त्री भुसालले व्यक्तिगत स्वार्थ नराखी परिणाम निकाल्ने गरी काम गर्ने बताएकी छन् ।

उनले भनेकी छन् ‘जनताको छोरी हुँ, जनताको जनयुद्वबाट यहाँसम्म आएको हुँ, काम गर्न सरल छु, मिलेर काम गरौं, जनताका काम गरौं । मसँग व्यक्तिगत कुनै स्वार्थ छैन । मेरो एउटै स्वार्थ परिणाम निकाल्ने गरि काम गर्ने मात्र हो ।’

जहिल्यै लक्ष्य राख्ने तर लक्ष्य पूरा नगर्ने हुँदै आएको भन्दै उनले त्यसलाई सुधार गर्नुपर्ने पनि बताएकी छन् । कृषि प्रधान देश भनिए पनि सिचाईको समस्या ठुलो छ । सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा लाग्नुपर्छ ।

उनले कृषि प्रधान देश भनिए पनि सिचाईको समस्या ठुलो भएको र यो समस्याको समाधान खोजेर सबै कृषियोग्य ठाउँमा १२ महिना नै सिचाई पुर्याउनेमा काममा लाग्नु पर्ने बताएकी छन् ।

बिजुली बत्ती बाल्नै नपाएकाहरुसम्म बिजुलीको पहुँच चाँडो पुर्याउनुपर्ने र अहिले बाढि पहिरो र भुक्षय बढेकोले विभिन्न निकायसँग समन्वय गरेर यसको रोकथाम तथा नियन्त्रणमा सक्दो कदम चाल्नुपर्ने पनि उनले बताएकी छन् ।

प्रतिक्रिया