सार्वजनिक यातायातको भाडा २० देखि २८ प्रतिशतसम्म बढ्यो

नेपालखोज २०७८ असार ३० गते १७:२५

काठमाडाैं । सरकारले अन्तरप्रदेश सञ्चालन हुने सार्वजनिक यातायातका यात्रुवाहक तथा मालवाहक सवारी साधनको भाडादर बढाएको छ । पेट्रोलियम पदार्थ र गाडीका पार्टपुर्जाको मूल्यवृद्धिलाई आधार बनाएर सरकारले २० देखि २८ प्रतिशतसम्म भाडा बढाएको जनाइएकाे छ ।

यातायात व्यवस्था विभागले बुधबार एक सूचना जारी गर्दै यात्रुवाहक सवारीको भाडा २८ प्रतिशत, पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको २० प्रतिशत र तराई बाटोमा सञ्चालन हुने मालवाहक सवारी साधनकाे भाडा २६ प्रतिशतले बढेकाे जनाएकाे हाे ।

प्रतिक्रिया