कतार एयरवेज होलिडेज र डिस्कभर कतारको विशेष ‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेज
नेपालखोज
२०७८ असार ३० गते २१:५१

काठमाडौं । खोप लिइसकेका यात्रुहरूका लागि कतार खुला भए पश्चात् डिस्कभर कतारले कतार एयरवेज होलिडेजसँग सहकार्य गर्दै साथीभाइ तथा परिवारसँग कतारमा भेट गर्न गइरहेका अन्तर्राष्ट्रिय यात्रुहरूका निम्ति एक विशेष प्याकेज ल्याएको छ ।
प्रवेशका लागि अनिवार्य सर्तको रूपमा कतार राज्यले सबै पर्यटकको आगमनसँगै होटल बुकिङ पनि भएको हुनु पर्ने जनाएको थियो । यस आवश्यकताको पूर्तिका लागि सहयोग पुर्याउन कतार एयरवेज हलिडेजको साझेदारीमा कतार डिस्कभरले ग्राहकहरूको परिवार र साथीभाइसँगको अनुभव वृद्धि गर्ने उद्देश्यले होटलहरूमा विशेष छुटको साथ विशेष योजना प्रदान गर्ने भएको हो ।
‘फ्यामेली एण्ड फ्रेन्ड्स’ प्याकेजहरू प्रतिव्यक्ति १७२१ कतारी रियाल देखि सुरु हुन्छन् र हिल्टन दोहा, हिल्टन साल्वा बिच रिसोर्ट लगायतका अग्रणी होटलहरूमा ५, ७ एवं १० रातका लागि उपलब्ध छन् ।
सम्बन्धित

प्रतिक्रिया