देशभर हल्कादेखि मध्यम वर्षा, काठमाडौंमा झरी

नेपालखोज २०७८ असार ३१ गते ८:००

काठमाडौं । मनसुनी वायुको प्रभावले देशभर सामान्य बदली रही प्रदेश नं १, बाग्मती, गण्डकी र लुम्बिनीका केही स्थानहरू र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भईरहेको छ ।

जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान हालको मौसमको अवस्थाबारे एक बुलेटिन जारी गर्दै आज देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।

विभागकाअनुसार प्रदेश नं १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानहरुमा मेघगर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना रहेको छ ।

आज रातीसम्मै देशभर सामान्य देखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बाग्मती , गण्डकी र लुम्बिनी प्रदेशका एक/दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित भारी वर्षाको सम्भावना छ ।

साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया