आइतबार, जेठ ६, २०८१

गर्भवती भएपछि विवाह गर्ने ‘टोटो’…

नेपालखोज २०७८ मंसिर २३ गते १५:१४

काठमाडौं । दक्षिण एसियामा दुई शक्तिशाली छिमेकी चीन र भारतबीच रहेको एक भूपरिवेष्ठित देश भुटान हो । भुटानको अधिकांश स्थान पहाडी भूभागले ढाकिएको छ । यहाँको शासन प्रणाली संवैधानिक राजतन्त्र हो । राज्यको प्रमुख राजा हो । सरकार प्रमुख प्रधानमन्त्री हो ।

भुटानको राजनीतिक प्रणाली हालसालै निरपेक्ष राजतन्त्रबाट संवैधानिक राजतन्त्रमा परिवर्तन भएको छ । राजा जिग्मे सिङगे वांगचुकले आफ्नो अधिकांश प्रशासनिक अधिकार मन्त्रीपरिषद्‌मा हस्तान्तरण गरेका छन् ।

भुटानका केही आदिवासीमा मातृसत्तात्मक प्रणाली छ । छोरीहरूले माता-पिताको घर अंश स्वरूप पाउने गर्छन् । सहरी क्षेत्रमा प्रेम विवाह बढी हुने गरेको छ । भुटानी राजाको रोचक कुरो के छ भने तत्कालीन राजा जिग्मेसिंगे वाङ्चुकले सन् २००६ मा राजगद्दी त्याग्ने घोषणा गरेका थिए । २००८ मा पूर्ण रुपमा त्यागे पनि । उनका चार श्रीमती छन् । ती सबै दिदीबहिनी हुन् ।

रातो चामल, मकै, कोदो र उत्पादित विभिन्न अन्नबाट विभिन्न खानाका परिकार बनाएर उनीहरू खाने गर्छन् । भुटानमा मासुको आहारमा सुँगुर, गाईको मासु, याकको मासु, कुखुरा र भेडाको मासु पर्छ । खुर्सानीको साथमा मसलेदार सुकाइएको तरकारी र मसालेदार पनिरको तरकारी ‘इमा दत्शी’ लाई यहाँको राष्ट्रिय परिकार मानिन्छ । यस देशमा याक र गाईको दूधबाट बनाइएको बटर र पनिर पनि लोकप्रिय छ । यस्तै लोकप्रिय पेय पदार्थमा मक्खन, चिया, कालो चिया, स्थानीय रक्सी र मासु तथा बियर पर्छन् ।

सानो क्षेत्रफल भएको यस देशमा करिब ९ लाख जनसंख्या छ । सानो देश भए पनि कहिल्यै कुनै देशको पनि अधीनमा रहेन । पछिल्लो समय विकासले केही फड्को मारे पनि यो देश विश्वको गरिब देशको श्रेणीमा पनि पर्ने गर्छ ।

केही देशका मानिससँग तुलना गर्दा यहाँका मानिस निकै नै सुखको जीवन व्यति गर्ने गर्छन् । यो यस्तो मुलुक हो, जहाँ एकदमै कम मानिसले भिख माग्ने गर्छन् । यस देशका नागरिक घरविहीन पनि छैनन् । संसारमा शारीरिक सम्बन्धलाई लिएर विभिन्न आश्चर्य खालका कानुन बनेका छन् । कुनै देश यस्ता छन् जहाँ शारीरिक सम्बन्धबारे चर्चा गर्न धेरै छुट छ । तर कति देश यस्ता छन् जहाँ यौनको विषयमा गफ पनि गर्न पाइँदैन ।

विश्वका अधिकांश देशमा यौन सम्बन्धलाई सामान्य रूपमा लिने गरिन्छ । कुनै देशमा सुहागरातमा बेहुलाबेहुली एउटै कोठामा बस्नुपर्ने चलन छ । कुनै देशमा भने विवाहको रात शारीरिक सम्पर्क राखे मृत्यु दण्डसम्मको सजाय हुने गर्छ ।

भुटानमा एउटा यस्तो आदिवासी छ, जसको परम्पराअनुसार विवाहअघि केटीलाई राति भगाउनुपर्छ । पश्चिम बंगाल र भुटानको सिमाना टोटोपाडामा बस्ने टोटो जनजातिका मानिसले हजारौं वर्षदेखि यस परम्परा अँगाल्दै आएका छन् ।

यस समुदायका केटाले जुन केटी मन पराउँछन्, विवाह गर्ने निधो भएपछि दुवै पक्षका अभिभावक बसेर केटी भगाउने निर्णय गरिन्छ । अभिभावकको सहमतिबिना पनि पछिल्लो समयमा केटाले केटी भगाएर लैजाने क्रम भने धेरै बढेको छ । यो उनीहरूको अझ परम्परामै पर्ने गर्छ ।

बाबुआमा र आफन्तको सहमतिमै विवाहको छिनाफानो भए पनि केटाकेटी भागेर केटाको घरमा जानुपर्ने सामाजिक नियम छ । अधिकांश आफू खुसी भागेर जाने गर्छन् । जब केटी गर्भवती हुन्छे अनि दुवै जोडीको विवाह गरिदिने चलन छ ।

टोटो जातिमा मामा र फुपूका छोराछोरीबीच विवाह गर्ने चलन छ । प्राय:जसो मामा र फुपूका छोराले केटी भगाएर लैजान पाउने यो जनजातिको मान्यतै छ । आफ्नो नातेदारभित्रको केटी र केटाको उमेर पुगेको छ भने केटाले केटीसँग सहमति गरेर भगाएर लैजान पाउने गज्जबको सामाजिक अनुमति छ ।

भगाउने र गर्भवती भएपछि विवाह गर्ने नियम तोड्नु भनेको पारिवारिक संस्कार बाहिरको विषय मान्ने गरिन्छ । केटाकेटीले उक्त नियम तोडिहाले पूजापाठ गरेर स्वस्तिशान्ति गर्नुपर्ने चलन छ ।

सम्बन्धविच्छेद गर्न चाहनेको पनि आफ्नै किसिमको सामाजिक नियम छ । देउतालाई एउटा सुँगुरको बलि दिएपछि केटाकेटीको सम्बन्ध पूर्ण रुपमा सकिएको मान्यता हुन्छ । भुटानका अधिकांश मानिस बौद्ध धर्मावलम्बी छन् । गौतम बुद्धले दिएका उपदेशको मागदर्शक सिद्धान्त मान्ने गर्छन् ।

बाबुआमा र आफन्तको सहमतिमै विवाहको छिनोफानो भए पनि केटाकेटी भागेर केटाको घरमा जानुपर्ने सामाजिक नियम छ । अधिकांश आफूखुसी भागेर जाने गर्छन् । जब केटी गर्भवती हुन्छे अनि दुवै जोडीको विवाह गरिदिने चलन छ ।

गौतम बुद्धको सन्देश पालना गर्ने भएकाले यहाँका मानिसहरू एकदमै शान्त हुने गर्छन् । यहाँ लडाइँ-झगडा एकदमै कम हुने गर्छ । भुटानका नागरिक नाचगानमा धेरै नै सौखिन छन् । उनीहरू हरेक पर्व तथा मेलामा रमेर नाचगान गर्ने गर्छन् । बाह्य पर्यटकहरू यो जातिको नाच हेर्नका लागि लोभिने गर्छन् । देशविदेशमा यो जातिको नाचले प्रसिद्धि कमाएको छ ।

भुटानमा चाँद नाच धेरै नै लोकप्रिय छ । बाह्य देशका मानिसहरू नेट, इन्टरनेट तथा सामाजिक सन्जालमार्फत थाह पाएर चाँद नाच हेर्न भुटान पुग्ने गर्छन् । पर्यटकलाई मनोरञ्जन प्रदान गर्न र पर्यटन प्रवर्द्धन गर्न चाँद नाच धेरै नै प्रसिद्ध छ ।

विश्व आधुनिकतातिर गइरहेका बेला भुटानका जनता भने टेलिभिजन, रेडियो, इन्टरनेटलगायतसँग कुनै पनि महत्त्व राख्दैनन् । यहाँका नागरिक सादा जीवन व्यतित गर्न चाहेर नै रेडियो, टेलिभिजन, फिल्मी, सामाजिक सन्जालतर्फ आकर्षित नभएका हुन् ।

भुटानको एक सीमामा भारत र तिब्बत तथा अर्को सिमानामा चीन पर्छ । हिमालयको काखमा रहेको भुटानको राजधानी थिम्पु हो । भुटानको कुल जनसंख्यामा ७६ प्रतिशत बौद्ध धर्मावलम्बी र २४ प्रतिशत हिन्दु छन् ।

हिमालयको काखमा रहेका भुटानी जनता धेरै सिर्जनशील छन् । यहाँका नागरिक कलाकौशलमा एकदमै सिपालु छन् । ट्रेकिङ एडभेन्चरका सौखिनका लागि यो देश निकै नै राम्रो छ । यहाँका मानिस रूखविरुवालाई धेरै माया गर्छन् । प्रत्येक घरमा रूख रोप्नुपर्छ भन्ने सोच छ ।

प्रतिक्रिया