बिहीबार, जेठ २, २०८२

राष्ट्रपतिद्वारा साउन ३ गते प्रतिनिधिसभा र राष्ट्रियसभाको अधिवेशन आह्वान

नेपालखोज २०७८ असार ३१ गते १९:३७

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदका दुवै सदन (प्रतिनिधिसभा र राष्ट्रिय सभा) को अधिवेशन आह्वान गरेकी छन् । बिहीवार बसेको मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले साउन ३ गते आइतबार अपराह्न ४ बजे दुवै सदनको अधिवेशन आह्वान गरेकी हुन् ।

राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले बिहीबार विज्ञप्ति जारी गर्दै राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम बिहीबार बसेको मन्त्रिपरिषद्को सिफारिसमा साउन ३ गते आइतबार अपराह्न ४ बजेका लागि अन्तर्राष्ट्रिय सम्मेलन केन्द्र नयाँ बानेश्वरमा संघीय संसदका दुवै सदन प्रतिनिधिसभा र राष्ट्रिय सभाको अधिवेशन आह्वान गरेको जानकारी गराएका छन् ।

प्रतिक्रिया