प्रदेश नं २ : दुई विधेयक प्रमाणीकरण, दुई फिर्ता
नेपालखोज
२०७८ असार ३१ गते २१:३४

धनुषा । प्रदेश नं २ का प्रमुख डा राजेश अहिराजले बिहीबार दुई विधेयक प्रमाणीकरण गरेका छन् भने दुई फिर्ता पठाएका छन् । प्रदेशसभाबाट पारित भई आएका ‘प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक २०७८’ र ‘विनियोजन विधेयक २०७८’ प्रमाणीकरण गरिएको हो ।
त्यसैगरी उनले स्वास्थ्यसम्बन्धी व्यवस्थापन गर्न बनेको विधेयक र प्रदेश पदक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक फिर्ता पठाएका हुन् । डा अहिराजले यसअघि पनि ती विधेयक प्रमाणीकरण नगरी फिर्ता पठाएका थिए । ती विधेयकमा केही बुँदा परिमार्जन गर्नुपर्ने भएको हुँदा फिर्ता पठाइएको प्रदेश प्रमुख कार्यालयले जनाएको छ ।
सम्बन्धित

प्रतिक्रिया