पोखरा महानगरका मेयर जीसीलाई मस्तिष्काघात

नेपालखोज २०७८ साउन १ गते ११:४३

काठमाडौं । पोखरा महानगरका मेयर मानबहादुर जिसीलाई मष्तिस्कघात भएको छ । मेयर जिसीलाई शुक्रबार बिहान चार बजेको समयमा मस्तिष्कघात भएको जनाइएकाे छ ।

उच्च रक्तचापका कारण मेयर जिसीलाई मस्तिष्कघात भएको जनाइएकाे छ । मेयर जिसीलाई थप उपचारका लागि हेलिकोप्टरमार्फत काठमाडौंस्थित न्युरो अस्पताल ल्याउन लागिएकाे जनाइएकाे छ ।

प्रतिक्रिया