बिहीबार, वैशाख २०, २०८१

माछापुच्छ्रे बैंकको ऋणपत्र २०८७ जारी

नेपालखोज २०७८ साउन १ गते १५:२७

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले एक हजार रुपैयाँ अंकित दरका ३० लाख कित्ता ऋणपत्र यहि असार ३१ गते बिहिबार देखि जारी गरेको छ ।

वार्षिक आठ दशमलव ५० प्रतिशतको आकर्षक ब्याजदरसहित बैंकले तीन अर्ब रूपैयाँ बराबरको ऋणपत्र जारी गरेको हो । नविल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेड बिक्री प्रबन्धक रहेको माछापुच्छ्रे ऋणपत्र २०८७ को कुल निष्काशित ३० लाख इकाईमध्ये १२ लाख कित्ता अर्थात कुल एक अर्ब २० करोड ऋण पुँजी रकम ( पाँच प्रतिशत अर्थात ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याईएको) सर्वसाधारणको लागि सार्वजनिक निष्काशनबाट बिक्री गरिने छ भने बाँकी १८ लाख कित्ता अर्थात कुल एक अर्ब ८० करोड ऋणपुँजी रकम विभिन्न व्यक्ति तथा संघ संस्थाहरुलाई व्यक्तिगत तवरबाट बिक्री गरिने छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम २५ कित्ता आवेदन गर्न सक्नेछन् । बैंकको ऋणपत्र निष्काशन छिटोमा साउन ४ गते निष्काशन बन्द हुनेछ भने ढिलोमा साउन १७ गतेसम्म बन्द हुनेछ ।

बैंकको ऋणपत्रमा धितोपत्रबोर्डबाट आश्वा अनुमतिप्राप्त बैंक तथा वित्तीय संस्थाको अलावा मेरो सेयर सफ्टवेयरबाट समेत आवेदन गर्न सकिन्छ ।

माछापुच्छ्रे बैंक लिमिटेडले पूर्वमा झापा देखि पश्चिममा कन्चनपुर साथै हिमालदेखि पहाड र तराई गरी सातै प्रदेशमा आफ्ना १६१ वटा शाखाहरु र १६५ शाखारहित बैकिङ्ग सेवा, ५ एक्सटेन्सन काउन्टरसमेत गरी जम्मा ३३१ स्थानबाट ९ लाख भन्दा बढि ग्राहकहरुमा सम्पुर्ण बैकिंङ्ग सुविधा प्रदान गरिरहेको छ । साथै, बैंकको देशभर २०२ वटा एटीएमहरु संचालनमा रहेको छन् ।

प्रतिक्रिया