प्रतिनिधिसभाको अधिवेशनमा सहभागी हुने सांसदहरूको कोरोना परीक्षण

नेपालखोज २०७८ साउन १ गते १६:४१

काठमाडौं । संघीय संसदको दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन मा सहभागी हुने सांसदहरूको कोरोना परीक्षण गरिएको छ ।

शुक्रबार नयाँ बानेश्वरस्थित संघीय संसदको स्काई लाइट हलमा सभामुखसहित सांसदहरू र सञ्चारकर्मीहरुको पनि एन्टिजेन परीक्षण गरिएको हो । सम्पूर्ण सांसदहरूलाई यसअघि नै कोरोना भाइरसविरुद्धको खोप लगाइएकाले शुक्रबार एन्टिजेन परीक्षण मात्र गरिएको सचिवालयले स्पष्ट पारेको छ । यसअघि सांसदहरुको पीसीआर परीक्षण गरिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार अपराह्न चार बजेका लागि दुवै सदन राष्ट्रिय सभा र प्रतिनिधि सभाको अधिवेशन बोलाएकी छन् ।

प्रतिक्रिया