चीनले नेपाललाई थप १६ लाख डाेज खोप अनुदानमा उपलब्ध गराउने

नेपालखोज २०७८ साउन १ गते १६:४६

काठमाडौं । चीनले नेपाललाई कोरोनाविरुद्धको थप १६ लाख डोज खोप दिने भएको छ । चीनले अनुदानमा खोप उपलब्ध गराउने भएको हो ।

शुक्रबार नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले खोप दिने प्रतिवद्धता व्यक्त गरेकी छन् । भेटमा देउवाले खोपका लागि चीनलाई धन्यवाद व्यक्त गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यसअघि पनि चीनले नेपाललाई १८ लाख डोज खोप अनुदानमा दिइसकेको छ । नेपालले चीनसँग खरिद गरेको ४० लाख डोज खोपमध्ये आठ लाख डोज पनि आइसकेको छ ।

प्रतिक्रिया