दक्षिण अफ्रीकासँग अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्ड पराजित

काठमाडौं । दक्षिण अफ्रीकाले अन्तिम तथा तेस्रो एकदिवसीयमा आयरल्याण्डलाई पराजित गरेको छ । डुब्लीनमा शुक्रबार राति भएको खेलमा दक्षिण अफ्रीकाले आयरल्याण्डलाई ७० रनले हराएको हो ।
दक्षिण अफ्रीकाले दिएको ३ सय ४७ रनको लक्ष्य सहित जवाफी ब्याटिङ गरेको आयरल्याण्डले ४७ ओभर १ बलमा अलआउट हुँदै २ सय ७६ रन बनायो । आयरल्याण्डका लागि सिमि सिंहले अविजित रहदै १०० रनको शतकीय इनिङ्स खेले । कुर्टिस क्याम्फरले ५४ रनको अर्धशतकीय इनिङ्स खेले । ह्यारी टेक्टर २९ रनमा आउट भए ।
दक्षिण अफ्रीकाका एडिले र ताब्रेज शाम्सीले ३/३ विकेट लिए । केशब महाराजले २ विकेट लिए । यस अघि पहिले ब्याटिङ गरेको दक्षिण अफ्रीकाले ५० ओभरमा ४ विकेट गुमाएर ३ सय ४६ रन बनाएको थियो । दक्षिण अफ्रीकाका लागि जान्नेमन मालनले अविजित रहदै १ सय ७७ रनको शतकीय इनिङ्स खेले ।
दक्षिण अफ्रीकाको जितसँगै तीन खेलको सिरिज १–१ को बराबरीमा सकिएको छ । पहिलो खेल रद्द भएको थियो भने दोस्रो खेलमा आयरल्याण्डले ४३ रनको जित निकालेको थियो ।
प्रतिक्रिया