कर्णाली प्रदेशबाहेक देशभर भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर अहिले मनसुनी वायुको प्रभावले हल्कादेखि मध्यम वर्षा भइरहेको छ । हाल देशभर सामान्यदेखि पुर्ण बदली रही गण्डकी प्रदेशका धेरै स्थानहरुका साथै प्रदेश नं १, प्रदेश नं २, वाग्मती र लुम्बिनीका थोरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षा भईरहेको हो ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज बिहान आगामी तीन दिनको मौसम पूर्वानुमान बुलेटिन गर्दै देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
आज दिउँसो भने सुदुरपश्चिम, लुम्बिनी, गण्डकी, वाग्मती, प्रदेश २ र प्रदेश १ का थोरै स्थानहरुमा मेघगर्जन-चट्याङ्सहित भारी वर्षाको सम्भावना रहेको विभागले छ ।
पहाडी भू–भागमा भू–क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको साथै नदीनाला तथा खहरे खोलाहरुमा पानीको सतह बढ्न सक्ने तथा दैनिक जीवन-यातायात क्षेत्र प्रभावित हुन सक्ने भएकोले आवश्यक सतर्कता अपनाउन अनुरोध गरिएको छ ।
प्रतिक्रिया