बिहीबार, जेठ २, २०८२

संघीय संसद्का दुवै अधिवेशन भोलिदेखि

नेपालखोज २०७८ साउन २ गते ११:४८

काठमाडौं । सङ्घीय संसद्काे अधिवेशन भोलि सुरुवात हुँदैछ ।

सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले भोलि अपराह्न ४ बजेका लागि अधिवेशन आह्वान गरेकी छन् ।

सभामुख अग्निप्रसाद सापकोटाले पुनःस्थापित संसद् धेरै हिसाबले ऐतिहासिक, बहुआयामिक र दूरगामी महत्वको रहेको बताएका छन् ।

मुलुकमा विद्यमान फरक राजनीतिक घटनाक्रमसँगै प्रतिनिधिसभा पुनःस्थापना भई सुरु हुन लागेको यस अधिवेशनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रबाट निकै चासोका साथ हेरिएको छ ।

यस अधिवेशनबाट प्रधानमन्त्री शेरबहादुर देउवाले प्राप्त गर्ने विश्वासको मतले आगामी राजनीतिलाई दिशानिर्देश गर्नेछ ।

कोभिड–१९ सङ्क्रमणको जोखिम कायममै रहेको बेला सुरु हुन लागेको अवधिवेशन सञ्चालनका लागि स्वास्थ्य मापदण्डको पालनालगायत व्यवस्थासहित सम्पूर्ण तयारी पूरा भइसकेको छ ।

प्रतिक्रिया