बुधबार, वैशाख १२, २०८१

बलिउड अभिनेत्री करिश्मा तन्नाको घरभित्रै संसार, सामाजिक सन्जालमा लाखौंकी प्यारी

नेपालखोज २०७८ साउन २ गते १५:३५

काठमाडौं । कोरोना संक्रमणले भारतलाई पनि थिलिथिलो बनाएको छ । त्यहाँका कलाकारहरू आजभोलि आवश्यक पर्‍यो भने मात्रै घुमफिर गर्छन् । आवश्यकताअनुसार सुटिङस्थलमा पनि सतर्कतापूर्वक जाने गर्छन् ।

अभिनयमा धेरै समय दिनु नपरेकाले एवं हिँडडुल पनि कम गर्नुपर्ने बाध्यता भएकाले नेपाल, भारतलगायत कोभिड प्रभावित देशका कलाकारहरू अधिकांश समय आजभोलि घरमै बिताउँछन् । बलिउड कलाकारहरू पनि बढी घरमै सीमित भएका छन् ।

घरमा बसेर मस्तसँग सामाजिक सन्जालमा अधिकांश समय बिताइरहेका छन् उनीहरू । भारतीय अभिनेत्रीहरूमध्ये करिश्मा तन्ना पनि यस मामिलमा कोहीभन्दा कम छैनन् । यतिबेला करिश्मा सोसल मिडियामा सक्रिय छिन् । उनी इन्स्टाग्राममा धेरै तस्बिर सेयर गर्छिन् । आधुनिक फेसन ब्रान्डका कपडा अनि गरगहनामा सजिएका सभ्य फोटा अनि मोडल शैलीका राम्रा फोटाहरू सेयर गरिरहेकी हुन्छिन् ।

करिश्मा सुन्दर तस्बिर पोस्ट गरेकीले चर्चामा पनि छिन् । करिश्मा यसै पनि सुन्दरी, उचित हाइट भएकी, पर्फेक्ट फिगर र सौन्दर्यका लागि भारतीय बलिउड दुनियाँमा प्रसिद्ध छिन् । भारतीय फेसन त छँदै छ, उनी पश्चिमी शैलीको फैसनमा पनि मज्जाले सजिएकी हुन्छिन् ।

करिश्माले हालै एउटा फोटो इन्स्टाग्राममा सेयर गरेकी छिन् । रेलको लिकमा उभिएको फोटोलाई १ लाख ४० हजारले लाइक गरेका छन् । उक्त फोटोमा उनको खुलेको हावामा फरफराइरहेको कपाल र सुन्तला रङको साडीले अझ सौन्दर्य थपेको देखिन्छ । उनले फोटो पोस्टसँगै घरमै बसौं, आत्मबल बढाऔं भन्ने सन्देशमूलक भनाइ पनि लेखेकी छिन् । सोसल मिडियामा यो फोटोलाई उनका शुभचिन्तकहरूले खुबै मन पराएर कमेन्ट गरेका छन् ।

यस्तै कालो बिकिनीमा खिचिएको उनको अर्को तस्बिर पनि भाइरल भएको छ । उक्त फोटोमा दुई लाख पाँच हजार लाइक छ । उनको प्रतिभाशाली अभिनय, सौन्दर्य, फेसन, बौद्धिकतालगायत बलिउड दुनियाँमा चर्चामा आइरहन्छ । त्यसले त सामाजिक सन्जाल इन्स्टाग्राममा पनि उनका ६ दशमलव ३ मिलियन फलोअर्स पनि पुगेका छन् ।

प्रतिक्रिया