शुक्रबार, चैत १६, २०८०

चीनमा चलेका बलिउड चलचित्र

नेपालखोज २०८० जेठ २ गते १६:१२

काठमाडाैं । बलीउड अभिनेता आमिर खानलाई केही भारतिय अनलाइनले ड्रागनका प्यारा खान उपाधि दिएका छन्। किनभने चीनमा आमिरका फिल्म खुब चलेका छन् । यद्यपि चीनमा अरु बलिउड चलचित्र पनि लोकप्रिय रहे ।

‘नान शेन’

पछिल्लो दशकमा ‘थ्री इडियट्स’, ‘दंगल’, ‘पीके’ र ‘सिक्रेट सुपरस्टार’को व्यापक सफलतापछि आमिर खान चीनमा आइकन नै बनेका छन् । चिनियाँ पत्रिका ग्लोबल टाइम्सका अनुसार चीनमा धेरै मानिसले उनलाई ‘नान शेन’ अर्थात् ‘भगवान’ भन्न थालेका छन् । यद्यपि उनको फिल्म ‘ठग्स अफ हिन्दोस्तान’ चीनमा समेत फ्लप भयो । केही रिपोर्ट अनुसार आमिरलाई चीनमा ‘मेशु’ अर्थात् अंकल पनि भनिन्छ ।

आयुष्मान खुराना

२०१९ मा चीनमा सबैभन्दा सफल बलिउड फिल्म “अन्धाधुन” थियो, जसमा आयुष्मान खुरानाले मुख्य भूमिका निर्वाह गरेका थिए। फिल्मले २०१९ मा चीनमा ४७ मिलियन डलर कमाएको थियो। त्यो वर्ष चीनमा रिलिज भएका सबै हिन्दी फिल्मको कुल कमाईको आधा ‘अन्धाधुन’ एक्लैले उठाएको थियो।

सलमान खान

आमिरका फिल्म चीनमा निकै लोकप्रिय भए पनि सलमान खानजस्ता अन्य स्टारका फिल्म त्यहाँ नचल्ने बताइन्छ । यद्यपि २०१८ मा सलमानको फिल्म ‘बजरंगी भाईजान’ ले चीनमा राम्रो व्यापार गर्‍यो । यो चलचित्रले त्यहाँ ४५ मिलियन डलर कमाएको थियो।

ऋतिक रोशन

ऋतिकको फिल्म ‘काबिल’ सन् २०१८ को ( चीनमा ) सबैभन्दा चर्चित बलिउड फिल्म थियो । यो फिल्मले चीनमा करिब ८ करोड कमाएको थियो ।

इरफान खान

छोरीलाई अंग्रेजी माध्यमको विद्यालयमा भर्ना गराउन संघर्ष गरिरहेका अभिभावकको कथा ‘हिन्दी मिडियम’ चीनमा पनि हिट भयो । यो चलचित्रले चिननमा ३२ मिलियन डलर कमायो । हिन्दी मिडियममा अभिनेता इरफान तथा पाकिस्तानी अभिनेत्री सबा करम मुख्य भूमिकामा थिए । इरफानको अप्रिल २०२० मा निधन भएको थियो ।

रानी मुखर्जी

टुरेट्स सिन्ड्रोमबाट पीडित एक शिक्षकले गरिब बस्तीका विद्रोही विद्यार्थीलाई सही बाटोमा ल्याएको कथामा आधारित चलचित्र ‘हिच्की’लाई पनि चीनका जनताले खुब मन पराए । यो चलचित्रमा अभिनेत्री रानी मुखर्जी शिक्षिकाको भूमिकामा थिइन् । हिच्कीले चीनमा २१.४ मिलियन डलर कमाएको थियो।

अक्षय कुमार

अक्षय कुमार चीनमा पनि निकै लोकप्रिय छन् । पछिल्ला दुई वर्षमा उनका दुई फिल्म ‘ट्वाइलेट–एक प्रेम कथा’ र ‘२.०’ले निकै प्रशन्सा पाएको छ ।

जितेन्द्र

चीनमा सबैभन्दा लोकप्रिय मानिने क्लासिक हिन्दी फिल्म १९७१ को फिल्म ‘कारवाँ ’ हो। यो चलचित्रमा जितेन्द्र र आशा पारिखले मुख्य भूमिका निर्वाह गरेका थिए ।

प्रतिक्रिया