निर्वाचन समितिबाट खातीले दिएको राजीनामा सभापति देउवाद्वारा स्वीकृत
नेपालखोज
२०७८ साउन २ गते २०:४५

काठमाडौं। नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सदस्य खम्मबहादुर खातीले दिएको राजीनामा सभापति शेरबहादुर देउवाले स्वीकृत गरेका छन् ।
सरकारको कानुनी सल्लाहकारको रुपमा महान्यायाधिवक्तामा नियुक्त भएपछि खातीले निर्वाचन समितिबाट राजीनामा दिएका थिए। सभापति देउवा प्रधानमन्त्री भएसँगै खातीलाई महान्यायाधिवक्तामा नियुक्त गरिएको थियो।
खातीको राजीनामा स्विकृत गर्दै सभापति देउवाले पार्टीको केन्द्रीय निर्वाचन समितिको सदस्य पदमा बसेर पुर्याएको सक्रिय योगदानको सह्राना गर्दै धन्यवाद दिएको पार्टीका मुख्यसचि कृष्णप्रसाद पौडेलले विज्ञप्ती जारी गरि जनाएका छन्।
सम्बन्धित
प्रतिक्रिया