पत्रकार बुढाथोकीमाथि धम्की दिने बोटलर्स नेपाललाई कानुनी कारबाही गर्न महासंघको माग
नेपालखोज
२०७८ साउन २ गते २१:२२

काठमाडौं । लुम्बिनी संचार डटकमका प्रधानसम्पादक गजेन्द्र बुढाथोकीविरुद्ध कोकाकोलाको नेपालस्थित बोटलिङ प्लान्ट, बोटलर्स नेपालको व्यवस्थापनको तर्फबाट नाम तोकेर छानबिन गर्न र तह लगाउन निर्देशन दिँदै माइन्युट गराएको घटनाप्रति नेपाल पत्रकार महासंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
महासंघले शनिबार एक विज्ञप्ति जारी गर्दै समाचार लेखेकै कारण बुढाथोकीमाथि ज्यानको असुरक्षा हुने गरी धम्की आएकोप्रति ध्यानाकर्षण भएको जनाउँदै कानुनी कारबाही गर्न सम्बन्धित समक्ष माग गरेको छ ।
प्रकाशित समाचारप्रति चित्त नबुझे त्यस उपर कानुनी उपचार खोजिनु पर्नेमा पत्रकार बुढाथोकीका विषयमा यस किसिमको निर्णय र निर्देशन गरिनु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप हुनुका साथै संविधान विपरीतको काम भएको महासंघले ठहर गरेको छ ।

सम्बन्धित
प्रतिक्रिया