सत्तारुढ कांग्रेस र माओवादीको संसदीय दलको बैठक बस्दै
नेपालखोज
२०७८ साउन ३ गते ७:१९

काठमाडौं । सत्तारूढ नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको संसदीय दलको बैठक आज (आइतबार) छुट्टाछुट्टै बस्दै छ ।
कांग्रेसको बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा र माओवादी केन्द्रको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ ।
दुवै पार्टीका संसदीय दलको बैठकमा आज बस्ने संघीय संसद्का दुवै सदनको बैठकमा कसरी प्रस्तुत हुने भन्नेबारेमा छलफल हुनेछ । साथै समसामयिक राजनीतिक परिस्थितिबारे पनि छलफल हुने बताइएको छ ।
यसअघि विपक्षी दल नेकपा एमालेको संसदीय दलको बैठक भने शुक्रबार बसिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया