केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न एमाले स्थायी कमिटी बैठक बस्दै
नेपालखोज
२०७८ साउन ३ गते ७:२६

काठमाडौं । नेकपा (एमाले)को स्थायी कमिटी बैठक आज बस्दैछ ।
ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा बिहान ११ बजे बैठक बस्ने पार्टी केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिएका छन् ।
भोलिका लागि बोलाइएको केन्द्रीय कमिटी बैठकको एजेन्डा तय गर्न र विधान अधिवेशनको तयारीका लागि स्थायी कमिटी बैठक आयोजना गरिएको उनले बताए ।
उनकाअनुसार अध्यक्ष केपी शर्मा ओलीले सोमबार बिहान ११ बजेका लागि केन्द्रीय कमिटी बैठक बोलाएका छन् ।
आजको स्थायी कमिटी बैठकमा पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका नेतालाई समेत डाकिएको छ । एमालेले यही साउन २५ देखि २७ गते विधान अधिवेशन गर्ने निर्णय गरेको छ ।
शुक्रबार पनि एमाले स्थायी कमिटी बैठक बसेको थियो । सो बैठकले पार्टीको विवाद समाधान गर्न गठित कार्यदलले बुझाएको १० बुँदे सहमतिलाई अनुमोदन गरेको थियो ।
सम्बन्धित
प्रतिक्रिया