प्रतिनिधिसभा कार्यव्यवस्था परामर्श समितिको बैठक बस्दै, यी हुन् एजेन्डा
नेपालखोज
२०७८ साउन ३ गते ८:५०

काठमाडौं । संघीय संसद, प्रतिनिधि सभा कार्यब्यवस्था परामर्श समितिको बैठक अहिले केहिबेरमा बस्ने भएको छ ।
सर्वोच्च अदालतको परमादेशबाट दोस्रो पटक पुनस्र्थापित प्रतिनिधि सभाको बैठकको अधिवेशनबारे छलफल गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक बस्ने भएको हो ।
सभामुख सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा बैठक विहान १० बजे सिंहदरबारस्थित संघीय संसद सचिवालयमा बस्ने सभामुखका प्रेस संयोजक श्रीधर न्यौपानेले जानकारी दिएका छन् ।
कार्यव्यवस्था परामर्श समितिको बैठक लगत्तै सत्तारुढ नेकपा माओवादी केन्द्र र त्यसपछि दिउँसो २ बजे कांग्रेस संसदीय दलको बैठक बस्ने तयारी छ ।
बैठकको कार्यसुची संसद सचिवालयले हिजो साझैँ प्रकाशित गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया