प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने
नेपालखोज
२०७८ साउन ३ गते १०:२६

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज नै विश्वासको मत लिने भएका छन् ।
आजको संसद अधिवेसनको दोस्रो बैठकमार्फत विश्वाको मत लिने देउवाको तयारी छ ।
विश्वासको मत लिने प्रस्ताव कानुनमन्त्रीसमेत रहेका सरकारका प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले आज बसेको कार्यव्यवस्था समितिको बैठकमा पेश गरेका स्रोतले जनाएको छ ।
सर्वोच्चको परमादेशपछि प्रधानमन्त्री देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए । प्रधानमन्त्रीमा नियुक्त भएको एक महिनाभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।
र्वोच्च अदालतले प्रतिनिधि सभालाई दोस्रो पटक पुनःस्थापना गरेपछि पहिलो बैठक आज अपरान्ह ४ बजे बस्दैछ ।
सम्बन्धित







प्रतिक्रिया