देउवालाई विश्वासको मत दिने कि नदिने ? छलफलमा नेपाल समूह
नेपालखोज
२०७८ साउन ३ गते १२:१६

काठमाडौं । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने तयारी गर्दैगर्दा नेपाल समूहका नेताहरु आन्तरिक छलफलमा जुटेका हुन् ।
नेता नेपालको निवास कोटेश्वरमा प्रधानमन्त्री देउवालाई विश्वासको मत दिने या नदिने भन्नेबारे छलफल भइरहेको स्रोतले बताएको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन निर्णायक भूमिका खेलेको माधव समूहले संसद र सरकारको निरन्तरताका लागि विश्वासको मत दिने संकेत गरेको छ ।
देउवालाई प्रधानमन्त्री बनाउन नेपाल पक्षका २३ सांसद्ले सर्वोच्च अदालतमा हस्ताक्षर बुझाएका थिए । अधिकांश सांसदहरूले देउवालाई विश्वासको मत दिने बताउँदै आइरहेका छन् ।
सम्बन्धित
प्रतिक्रिया