नेता खनाल भन्छन्- प्रधानमन्त्री देउवालाई विश्वासको मत दिनू, मेराे मत देउवाकै पक्षमा छ
नेपालखोज
२०७८ साउन ३ गते १३:२०

काठमाडौं । नयाँ दिल्लीमा उपचार गराइरहेका नेकपा एमालेका नेता झलनाथ खनालले कुनै अलमलमा नपरी प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गर्न आग्रह गरेका छन् ।
उनले एक वक्तव्य जारी गर्दै नेकपा एमालेका संसदीय दलका सम्पूर्ण सदस्यहरुलाई कुनै पनि प्रकारको अलमल र आक्रोशबाट प्रभावित नभइकन प्रधानमन्त्री देउवालाई विश्वासको मत दिन आग्रह गरेका छन् । उनले आफ्नो मत पनि प्रधानमन्त्री देउवाकै पक्षमा रहेकाे वक्तव्यमार्फत स्पष्ट पारेका छन् ।


सम्बन्धित
प्रतिक्रिया