देशभर बदली, चार प्रदेशमा भिषण वर्षाको सम्भावना
नेपालखोज
२०७८ साउन ४ गते ७:३३

काडमाडौं । अहिले देशभरको मौसम बदली रही प्रदेश १, बाग्मती‚ गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थान हल्कादेखि मध्यम वर्षा भइरहेको छ ।
दिउँसो पनि देशभर मौसम सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थान वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
विभागकाअनुसार प्रदेश १, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूरपश्चचिम प्रदेशका थोरै स्थान भीषण वर्षाको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने अति भीषण वर्षाको सम्भावना रहेको छ ।
रातिसम्मै देशभर सामान्यदेखि पूर्ण बदली रही अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
सम्बन्धित

प्रतिक्रिया