देउवालाई भारतीय प्रधानमन्त्री मोदीको बधाई

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवालाई भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले बधाई दिँदै कार्यकालको सफलताको कामना गरेका छन् ।
प्रधानमन्त्री देउवाले प्रतिनिधिसभाबाट विश्वासको मत प्राप्त गरेको केही क्षणमै सामाजिक सन्जाल ट्विटरमार्फत प्रधानमन्त्री मोदीले आफ्ना नेपाली समकक्षीमा शुभकामना व्यक्त गरेका हुन् ।
सबै क्षेत्रमा बहुआयामिक भारत र नेपालबीचको जनस्तरको प्रगाढ एवं अद्वितीय सम्बन्धलाई अझ सुदृढ तुल्याउन प्रधानमन्त्री देउवासँगको सहकार्यका निम्ति आफू प्रतीक्षारत रहेको उनले बताएका छन् ।

प्रधानमन्त्री देउवाले पनि शुभेक्षाका निम्ति प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरेका छन् । सामाजिक सन्जालबाटै उनले पनि दुवै देशबीचको सम्बन्धलाई सबल तुल्याउन प्रधानमन्त्री मोदीसँग निकट सम्पर्कमा रहेर काम गर्ने आफ्नो अभिलाषा प्रकट गरेका छन् ।

यसअघि टेलिफोनबाटै बधाई दिने प्रचलन रहे पनि मोदीले याे समाचार तयार पार्दासम्म फोन गरेका छैनन् ।
-फाइल तस्बिर

प्रतिक्रिया