पाकिस्तानी प्रधानमन्त्री खानले पनि दिए देउवालाई बधाई
नेपालखोज
२०७८ साउन ४ गते १०:११

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत प्राप्त गरेपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पनि बधाई दिएका छन् ।
प्रतिनिधिसभाबाट हिजो अबेर विश्वासको मत प्राप्त गरेपछि प्रधानमन्त्री खानले सामाजिक सञ्जालमार्फत समकक्षी देउवालाई बधाई दिएका हुन् ।
ट्वीटरमार्फत बधाई दिँदै खानले लेखेका छन्, ’प्रतिनिधिसभाबाट विश्वासको मत जितेका देउवालाई बधाई दिन चाहन्छु । मैत्रीपूर्ण सम्बन्ध थप उचाइमा पु¥याउन र आपसी हितका मुद्दामा मिलेर अघि बढ्ने पाकिस्तानको अपेक्षा छ ।’

सम्बन्धित
प्रतिक्रिया