नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी, नेपाल-खनाल पक्ष अनुपस्थित

नेपालखोज २०७८ साउन ४ गते १२:२७

काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक जारी रहेकाे छ । च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको भवनमा जारी बैठक कार्यदलमा बनेको १० बुँदे सहमति बमोजिम अघि बढेको कार्यालय सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

कार्यदलमा भएको सहमति बमोजिम यो बैठकलाई संस्पान पक्षले १०औँ केन्द्रीय कमिटी बैठक भनेको छ । तर यो बैठकमा पनि नेपाल-खनाल पक्ष भने सहभागी छैन ।

प्रतिक्रिया