बुधबार, वैशाख १९, २०८१

शिल्पा शेट्टीका श्रीमान् अश्लील चलचित्र निर्माणको आरोपमा पक्राउ

नेपालखोज २०७८ साउन ५ गते ६:३८

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान तथा भारतीय व्यवसायी राज कुन्द्रा पोर्नोग्राफिक फिल्म निर्माणको आरोपमा पक्राउ परेका छन् । मुम्बई क्राइम ब्रान्चले उनलाई अश्लील चलचित्र निर्माण एवम् ओटिटि प्लेटफर्ममार्फत त्यसको वितरणको आरोपमा गएराति पक्राउ गरेको हो ।

क्राइम ब्रान्चले अश्लील फिल्म सुटिङ सम्बन्धि एउटा केश गएको फेव्रअरीमा दर्ता गरि छानबिन गरेको थियो । मुम्बई क्राइम ब्रान्चका अनुसार राज कुन्द्रा यो पूरा प्रकरणको मास्टर माइन्ड हुन् । उनलाई पूरा प्रमाण जुटाएर मात्र पक्राउ गरिएको क्राइम ब्रान्चको दाबी छ ।

बेलायतमा केन्द्रिन नामको एउटा कम्पनी दर्ता गरि ओटीटी प्लेटफर्ममार्फत अश्लील चलचित्र निर्माण तथा वितरण गरेको आरोप लागेका राज कुन्द्रा नै उक्त कम्पनीको मालिक भएको र भारतीय साईबर कानुनबाट जोगिन त्यसलाई बेलायतमा दर्ता गरिएको मुम्बई क्राइम ब्रान्चले बताएकोछ । भनिन्छ, राज कुन्द्राको परिवारका सदस्यहरु नै उक्त कम्पनीका डायरेक्टर्स छन् । यो कम्पनीले मुम्बईसहित भारतका विभिन्न ठाउँमा अश्लील भिडियो छायांकन गराई वी ट्रांन्सफरमार्फत विदेश पठाएर विश्वव्यापी वितरण गर्ने गरेको आरोप छ ।

मुम्बई क्राइम ब्रान्चको अनुसार राज कुन्द्राले यो कामका लागि १६ करोड रुपैयाँ लगानी गरेका थिए । थोरै लगानीमा बढि आम्दानी हुने भएकाले शिल्पा शेट्टीका श्रीमानले यो काममा हात हालेको बताईन्छ । गएको फव्रुअररीमै राज केन्द्रिन कम्पनीसँग जोडिएको कुरा पत्ता लागे पनि सिधा लिंक नभएकाले थप प्रमाण जुटाउन केही समय लागेको भारतिय संचार माध्यमहरुले उल्लेख गरेका छन् ।

यो प्रकरणमा उमेश कामत नामक व्यक्तिको गिरफ्तारी निकै महत्त्वपूर्ण साबित भयो । उसैले प्रहरीका सामु राज कुन्द्राको कच्चा चिट्ठा खोलेका थिए । मुम्बई क्राइम ब्रान्चले सोमबारनै राजलाई आफ्नो कार्यालयमा बोलाई सोधपुछ गरेपछि राति करिब ९ बजेतिर हिरासतमा लिएको हो ।

राज कुन्द्रालाई आज मुम्बईको कुनै अदालत सामु प्रस्तुत गरिनेछ । मुम्बई क्राइम ब्रान्च यो धन्दामा अरु क(कसको सम्लग्नता छ भनेर पनि छानबिन गरिरहेको छ । किनभने, कोरोना महामारीसँगै लकडाउन सुरु भएयता यो धन्दाले भारतमा निकै जोर पक्रेको बताइएको छ ।

प्रतिक्रिया