आइतबार, मंसिर १७, २०८०

देशका केही भू–भागमा हिमपातको सम्भावना

नेपालखोज २०८० मंसिर २ गते ६:१२

काठमाडौं । देशका केही भू–भागमा आज हिमपातको सम्भावना रहेको जल तथा माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ । पश्चिमी क्षेत्रमा पश्चिमी वायुको आंशिक प्रभाव रहँदा केही प्रदेशका थोरै स्थानमा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।

महाशाखाका अनुसार बिहान पहाडी भू–भागमा आंशिक बदली रहेको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू–भागमा आंशिक बदली रहनेछ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहने छ भने कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एकदुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

महाशाखाले राति पहाडी भू–भागमा आंशिक बदली रहने बताएको छ । बाँकी भू–भागको मौसम सामान्यतया सफा रहनेछ । वाग्मती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ ।

प्रतिक्रिया