रघुजी पन्तकाे प्रश्न- सडकमा रमिता देखाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ?

काठमाडौं । नेकपा एमालेका नेता रघुजी पन्तले पार्टी जुटाउन खोजेको कि फुटाउन खाेजेकाे भनि प्रश्न गरेका छन् । उनले पार्टी अध्यक्ष केपी शर्मा ओली आफैंले जथाभावी भन्ने, गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार गरेकाे आराेप लगाएका छन् ।
‘चौबीसघण्टे स्पष्टीकरण सोधेर, देशका विभिन्न भागमा माधव नेपालविरूद्ध नारा लाएर, उनको पुतला जलाएर पार्टी जुटाउन खोजेको कि फुटाउन ? पार्टी अध्यक्ष आफैले जथाभावी भन्ने ,गाली गर्ने अनि वार्ता गर्न मान्छे पनि खटाउने दोहोरो चरित्र र व्यवहार किन र केका लागि ?’ उनले सामाजिक सन्जाल फेटबुकमार्फत भनेका छन्, ‘मनदेखि नै एकता चाहेको हो भने त्यही अनुसार व्यवहार गरौं । सबै संयमित र जिम्मेवार बनौं ।’
उनले दुईपटक प्रधानमन्त्री भएका केपी ओलीले र न्याय, कानुन र संसदीय व्यवस्थामन्त्री भइसकेका र कानुन व्यवसायीसमेत रहिसकेका सुवास नेम्बाङ र अग्नि खरेलले सर्वाेच्च अदालतको फैसलाविरूद्ध नारा जुलुश गर्ने र प्रधानन्यायाधीशविरूद्ध नारा लगाउँदै उनको पुतला जलाउने काम गर्न, कसरी आफ्ना कार्यकर्तालाई अनुमति दिनसकेका भनि प्रश्न गर्दै आफ्ना युवा कार्यकर्तालाई राम्रो संस्कार राम्राे हुने बताएका छन् ।
उनले अहिले सडकमा जेजस्ता रमिता देखाएर पुत्ला जलाउने र नारा लगाउने काम भइरहेको छ त्यसले नेकपा (एमाले)को मान, नेतृत्वको योग्यता, क्षमता र परिपक्वतामाथि नै गम्भीर प्रश्नचिह्न खडा गरेको बताए ।


प्रतिक्रिया