नेपाली कांग्रेसले १४औं महाधिवेशनमा डिजिटल भोटिङबाट गर्न प्रस्ताव
नेपालखोज
२०७८ साउन ५ गते १५:१२

काठमाडौं । नेपाली कांग्रेसको सूचना सञ्चार तथा प्रचार विभागले १४औँ महाधिवेशनमा डिजिटल भोटिङ गर्न प्रस्ताव गरेको छ । प्रवक्ता समेत रहेका विश्वप्रकाश शर्मा प्रमुख रहेको विभागको गएको असार २४ र २५ गते बसेको बैठकले गरेको निर्णय आज सार्वजनिक गरिएको हो ।
विभागका सचिव दिनेश थापा मगरद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लाको पार्टी कार्यालयमा उपस्थित भएर मतदान गर्नसक्ने प्रविधि तयार गरिएको उल्लेख छ । डिजिटल भोटिङबाट प्रदेश र केन्द्रीय समितिको निर्वाचन गर्न सकिने विज्ञप्तिमा जनाइएको छ ।
सम्बन्धित

प्रतिक्रिया