शुक्रबार, जेठ ३, २०८२

जसपाकाे ठाकुर पक्षद्वारा आफ्ना माग सम्बोधनका लागि ध्यानाकर्षण

नेपालखोज २०७८ साउन ५ गते १७:३४

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका अध्यक्ष महन्थ ठाकुर पक्षले विगतदेखि नै उठाउँदै आएका मागहरू सम्बोधनका लागि शेरबहादुर देउवा नेतृत्वको सरकारको ध्यानाकर्षण गराएको छ ।

बबरमहलमा बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संविधान संशोधनसहित रेशम चौधरी लगायतका नेता कार्यकर्ताको रिहाइको माग सम्बोधनका लागि सरकारको ध्यानाकर्षण गराएको हो ।

एक प्रेस विज्ञप्ति जारी गर्दै देउवाले औपचारिक रूपमा पत्र पठाएर आफूहरूका माग सम्बोधनका लागि प्रतिवद्धता गरेको उल्लेख छ ।

प्रतिक्रिया