मंगलबार, चैत ६, २०८०

राज कुन्द्रा पक्राउ परेपछि त्यसको असर शिल्पालाई, बिदा भइन् ‘सुपर डान्सर’ बाट

नेपालखोज २०७८ साउन ५ गते १९:१४

मुम्बई । बलिउड अभिनेत्री शिल्पा शेट्टीका श्रीमान राज कुन्द्रालाई अश्लील चलचित्र बनाएको मामलामा सोमबार राती पक्राउ गरेपछि यसको असर अभिनेत्री शिल्पाले भोगि रहनु परेको छ ।

शिल्पा हालका दिनमा डान्स रियालिटी शो ‘सुपर डान्सर च्याप्टर ४’ निर्णायक थिइन् । तर अब पति पक्राउ परेपछिको मामलाले शिल्पाले यो स्थान जोगाउन सकिनन् । शिल्पा यो शोको आगामी भागमा देखिने छैनन् । यसको कारण उनका पति राजको पक्राउलाई प्रमुख मानिएको छ ।

‘सुपर डान्सर च्याप्टर ४’को आगामी भागको सुटिङ मंगलबार हुनु पर्ने थियो । तर अन्तिम क्षणमा शिल्पाले सुटिङ सेटमा आउन अस्वीकार गरिन् । यो घटनालाई निर्माताले शिल्पा आफैं शोबाट बिदा लिएको रुपमा बुझेका छन् ।

यद्यपि शिल्पा के कारणले शोमा आउन चाहिनन् भन्ने कुरा केही खुलाएकी छैनन् । तर पति राज पक्राउ परेपछि उनी चिन्तित बनेको हुनसक्ने अनुमान गरिएको छ ।

प्रतिक्रिया