एमाले नेपाल पक्षले भन्यो- स्पष्टीकरण सोधेको पत्र पाएका छैनौं

काठमाडौं । नेकपा एमालेका नेता माधव नेपाल पक्षले अहिले चलाइएका प्रपोगाण्डा मिडिया खपथको लागि मात्रै भएको बताएको छ । मंगलवार नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको बैठकले केन्द्रीय समिति बैठकले २२ जनालाई २४ घण्टे स्पष्टिकरणको पत्र अहिलेसम्म कसैले पनि नपाएको सांसद् विरोध खतिवडाले बताएका छन् ।
त्यस्तै, आजको बैठकले पछिल्लो राजनीतिक घटनाक्रमबारे पनि छलफल गरेको गरेको छ । बैठकमा समसामयिक विषयका साथै आफ्नो पार्टीमा कसरी सांसदको संख्या बढाउने भन्ने विषयमा छलफल गरेको नेपाल पक्षका सांसद् खतिवडाले बताए ।
उनले आफूलाई जनमानसले पनि र अदालतले पनि साथ दिइरहेको र आफू जहिल्यै सत्यको बाटोमै हिँडेको बताए । ‘हामी संवैधानिक बाटोमा हिँडेकोले हाम्रो संख्या बढ्नेछ, सांसद खतिवडाले भने, हामी विधिसम्मत बाटोमा हिँडेका छौँ, हामीले उठाएका माग र मुद्दा स्थापित भइरहेका छन्, केपीजीले आफ्नो गलत प्रवृत्तिमा सुधार नल्याएसम्म विवाद रहन्छ ।’
त्यस्तै माधव नेपाल पक्षकी अर्की सांसद् रामकुमारी झाँक्रीले आजको बैठकमा प्रतिनिधि सभाको विघटनदेखि पुनःस्थापनासम्मको भूमिकाबारे छलफल भएको बताइन् । साथै अबको आफ्नो भूमिका के हुन्छ भन्ने बारेमा पनि बैठकमा छलफल भएको बताइन् । ‘सरकारमा जाने कुरा हाम्रो एजेण्डा थिएन, नेतृ झाँक्रीले भनिन्, हाम्रो पार्टी अपोजिशन भएकोले सरकारमा जाँदैनौँ ।’ गत वर्षको फागुन २२ गतेदेखि जारी एमालेको पार्टी विवाद अहिलेसम्म जारी छ ।
प्रतिक्रिया