कोरोनालाई परास्त गर्ने सरकारको अभियानमा सहयोग गर्न व्यवसायीलाई देउवाको आग्रह

नेपालखोज २०७८ साउन ६ गते १५:२८

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले कोरोनाविरुद्धको लडाइँमा सबै नेपाली एक भएर लाग्नु पर्ने बताएका छन् । कोरोनाका कारण अहिलेको अवस्था जटिल भएकाले योसँग जुध्न सबै एकजुट हुनु पर्ने प्रधानमन्त्री देउवाको भनाइ छ ।

नेपाल उद्योग परिसंघको १८औँ साधारण सभाको उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले कोरोनाका कारण देशको आर्थिक तथा समग्र क्षेत्र शिथिल भएकाले यसबाट माथि उठ्न सबै क्षेत्रको सहयोगको आवश्यकता रहेको बताए ।

गरिबीको रेखामूनि रहेका नेपाली जनतालाई निःशुल्क खोप उपलब्ध गराउन देशका उद्योगी व्यवसायीले पनि सहयोग गर्नु पर्ने उनले बताए । कोरोनालाई परास्त गर्ने सरकारको अभियानमा उद्योगी व्यवसायीलाई सहयोग गर्न उनले आह्वान गरे । उद्योगी व्यवसायीका साथै सबै क्षेत्रको साथ सहयोग भएमा छिट्टै कोरोनालाई परास्त गर्न सकिने उनको भनाइ छ ।

प्रतिक्रिया