शुक्रबार, वैशाख १४, २०८१

आजदेखि नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ२२ को प्रि-बुकिङ सुरु

नेपालखोज २०७८ साउन ६ गते १६:१५

काठमाडौं । नेपाली बजारमा सामसङ ग्यालेक्सी एफ२२ को प्रि-बुकिङ सुरू भएको छ । बुधबारदेखि ग्राहकले अनलाइन मार्केट प्लेस दराजबाट यो स्मार्ट फोन प्रि-बुकिङ गर्न सक्ने छन् ।

‘एफ’ सिरिजअन्तर्गत ग्यालेक्सी एफ२२ लाई बहुप्रतिक्षित मोडलको रूपमा हेरिएको छ । यो फोनमा अक्टाकोर मिडियाटेक हेलियो जी८० प्रोसेसर रहेको छ ।

९० हर्जको रिफ्रेस रेटसहित फोनमा ६.४ इन्चको एचडी प्लस ‘इन्फिनिटी यू सुपर’ एमोलेड डिस्प्ले रहेको छ, जसको प्रोटेक्सनका लागि कोर्निङ गोरिल्ला ग्लास फाइभ दिइएको छ । ६ हजार एमएएच क्षामताको ब्याट्री रहेको फोनले २५ वाट फास्ट चार्जिङ सपोर्ट गर्ने जनाइएको छ ।

त्यस्तै फोनमा ४८ मेगापिक्सेलको मुख्य क्यामेरासहित क्वाड क्यामरा सेटअप छ । साथै सेल्फीका लागि १३ मेगापिक्सेलको क्यामेरा छ । मूल्यको कुरा गर्दा ४ जीबी र्‍याम र ६४ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २० हजार ४९९ रूपैयाँ रहेको छ । त्यस्तै, ६ जीबी र्‍याम र १२८ जीबी इन्टर्नल स्टोरेज भेरियन्टको २३ हजार ९९९ रहेको छ ।

प्रतिक्रिया