शनिबार, वैशाख ८, २०८१

वर्ल्डलिंक अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित

नेपालखोज २०७७ मंसिर १५ गते १३:३७

काठमाडौं । वर्ल्डलिंक कम्यूनिकेशन्स लिमिटेडल अन्तर्राष्ट्रिय स्तरको ‘मेरिट पुरस्कार’ बाट सम्मानित भएको छ । नेपालका विभिन्न भाग लगायत कर्णाली प्रदेश जस्तो विकट क्षेत्रमा इन्टरनेट सेवाको पहुँच पुर्याइएकोमा वर्ल्डलिंक डिजिटल अपर्चुनिटी इन्क्लुजन ‘मेरिट पुरस्कार’ बाट सम्मानित भएको हो ।

१९ नोभेम्बर २०२० मा वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) ले मलेशियाको पेनाङ्गमा आयोजित २०२० टेकफेष्ट लाईभ रोड–टु–विट्सा मलेशिया हाईब्रिड कार्यक्रममा पुरस्कार घोषणा गरेको थियो । हाल सम्म यो पुरस्कार पाउने वर्ल्डलिंक नेपालको पहिलो कम्पनी हो ।

कार्यक्रममा विट्साका अध्यक्ष श्री यभोन्ने चियुले यस बर्ष ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कार छनौटका लागि सहभागि आवेदनहरू धेरै उल्लेखनीय संख्यमा सुयोग्य, अद्वितीय, असाधारण किसिमका रहेको बताए ।

वर्ल्डलिंक कम्युनिकेसन्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक श्री दिलीप अग्रवालले डिजिटल नेपाल निर्माण गर्ने प्रयासमा सम्मानित हुनु ठूलो कुरा भएको बताएका छन् । उनले भने, “डिजिटल नेपाल निर्माण गर्ने हाम्रो प्रयासलाई यो एउटा ठूलो सम्मान हो । हामी हाम्रो इन्टरनेट सेवाहरूको साथ देशको कुना कुनामा पुग्न निरन्तर काम गर्दैछौं र सबैको जीवनलाई समृद्ध बनाउनका लागि डिजिटल प्लेटफर्म लाई सक्षम बनाउदैछौं । ”

सन् १९७८ मा स्थापित, वर्ल्ड इन्फोरमेशन टेक्नोलोजी एण्ड सर्भिस एलाइन्स (विट्सा) आईसीटी उद्योग संघ सदस्यहरूको एक अग्रणी संस्था हो । जसमा विश्वभरिका ८० भन्दा बढी देशका संस्थाहरू आवद्ध रहेका छन । विट्साका सदस्यहरू विश्व आईसीटी बजारको ९० प्रतिशत भन्दा बढी प्रतिनिधित्व गर्दछ ।

विश्वव्यपी आईसीटी उद्योग को अग्रणी संघको रूपमा मान्यता प्राप्त भएकोले विट्सा आईसीटीको रूपान्तरणको लागी र उद्योग बृद्धि गर्न उद्देश्यका साथ आईसीटीको विश्वव्यापी अर्थव्यवस्थाको प्रमुख संवाहकको रुपमा काम गर्दै आइरहेको छ ।

उत्कृष्ट आईसीटी प्रयोगकर्ताहरूलाई पहिचान गर्नका लागि ग्लोबल आईसीटी उत्कृष्टता पुरस्कारको आयोजना गर्दै आइरहेको छ । विट्साको यो सबैभन्दा लोकप्रिय पनि कार्यक्रम हो ।

प्रतिक्रिया