मनाइँदै पुष्पलाल श्रेष्ठको ४३ औं स्मृति दिवस
नेपालखोज
२०७८ साउन ७ गते ७:५१

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको आज ४३ औं स्मृति दिवस ।
नेपालका कम्युनिष्ट पार्टीहरुले विविध कार्यक्रम आयोजना गरी उनलाई स्मरण गर्दैछन् ।
पूर्वी पहाडी रामेछापको भँगेरीमा १९८१ असार १५ गते जन्मिएका पुष्पलाल श्रेष्ठको भारत प्रवास रहेकै अवस्थामा २०३५ साल साउन ७ गते निधन भएको थियो । उनको अस्तुलाई नेपाल ल्याएर विभिन्न स्थानमा सेलाइएको थियो ।
उनले २००६ साल वैशाख १० गते नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरेका थिए ।
दाजु गंगालाल श्रेष्ठलाई राणा शासकले मृत्युदण्ड दिएपछि मध्यमवर्गीय परिवारका पुष्पलालमा राणाविरोधी चेतना जागृत भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया