सुनको मूल्य घट्याे, चाँदीको कतिमा हुँदै छ कारोबार ?
नेपालखोज
२०७८ साउन ७ गते ११:००

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको भाउ घटेको छ भने चाँदीको भाउ बढेको छ । छापावाल सुन आज सात सय रुपैयाँले घटेर प्रतितोला ९१ हजार आठ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन छापावाल सुन तोलाको ९२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै महासंघका अनुसार आज तेजाबी सुनको मूल्य ९२ हजार तीन सय रुपैयाँ कायम भएको छ । बुधबार तेजाबी सुन ९२ हजार रुपैयाँमा कारोबार भएको थियो ।
त्यसैगरी चाँदीको मूल्य आज १० रुपैयाँ बढेको छ । चाँदी आज तोलाको १२ सय ७० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी १२ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।
सम्बन्धित
प्रतिक्रिया