‘आफूले बनाएको घरबाट त्यत्तिकै बाहिर निस्कन काेही चाहँदैन तर अपमान सहेर पनि बस्दैन’
नेपालखोज
२०७८ साउन ७ गते १३:३७

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले अपमान र कुकर्म सहेर एमालेमा बस्न नसकिने बताएका छन् ।
पुष्पलाल स्मृति दिवसको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । उनले पार्टी कसरी अगाडि बढ्छ भनेर हेरिरहेको बताएका छन् ।
गलत कुरालाई स्वीकार गरेर शिर निहुर्याएर बस्नु दास हुनु भएको उनले बताए । सबैको मर्यादा राख्नुपर्ने भन्दै नेता नेपालले भने, ‘अरुको अपमान गर्ने मान्छेहरुले समाजको अपमान गर्छ, त्यसलाई कुसन्तान भन्छन्, त्यसलाई निरुत्साहित गर्नुपर्छ ।’
सम्बन्धित

प्रतिक्रिया