आइतबार, वैशाख २८, २०८२

विश्वभर तीन अर्ब ७१ करोड ५८ लाखभन्दा बढी डोज खोप लगाइयो

नेपालखोज २०७८ साउन ७ गते १४:२४

बाल्टिमोर । विश्वभर तीन अर्ब ७१ करोड ५८ लाख ३८ हजार ५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्व ४७ करोड ९५ लाख २ हजार ८२९ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ४१ करोड ७८ लाख ५१ हजार १५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

अमेरिकामा ३३ करोड ८० लाख २५ हजार ९५० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा ११ करोड ८९ लाख ५३ हजार ५३७ डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ ।

जर्मनी ८ करोड ७१ लाख २१ हजार १२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । बेलायतमा ८ करोड ३४ लाख ९२ हजार ८३८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

जापान ७ करोड ३९ लाख ७० हजार ८८८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । फ्रान्समा ६ करोड ५७ लाख ४१ हजार ५५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ ।

टर्कीमा ६ करोड ४० लाख ५० हजार २२९ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली ६ करोड ३१ लाख २३ हजार ४५१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।

प्रतिक्रिया