तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै पूर्वतयारी गर्नू : स्वास्थ्य मन्त्रालय

नेपालखोज २०७८ साउन ७ गते १५:५२

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काेराेना भाइरस (कोभिड-१९) को तेस्रो लहर आउन सक्ने भन्दै अक्सिजन, शय्यालगायत पूर्वाधार तथा सेवाहरु तयारी राख्न अस्पतालहरुलाई आग्रह गरेकाे छ ।

मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै सम्भावित तेस्रो लहरको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य संस्थाहरुलाई तयारीमा रहन आग्रह गरेको हो । मन्त्रालयले पछिल्लो समय अपेक्षाकृत कोभिड-१९ को संक्रमण नघट्नुलाई तेस्रो लहरको जोखिमको रुपमा जनाएको छ ।

प्रतिक्रिया