मंगलबार, फागुन १५, २०८०

चौबीस घण्टामा २ हजार ७१४ संक्रमित थपिए, थप २४ जनाको मृत्यु

नेपालखोज २०७८ साउन ७ गते १६:४२

काठमाडौं । नेपालमा पछिल्लो चौबीस घण्टामा २ हजार ७१४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सोही अवधीमा २ हजार २८८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको ९ हजार १२२ जनाको पीसीआर परीक्षणबाट १ हजार ८५५ र ३ हजार ७०७ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८५९ जना गरी जम्मा २ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको हो ।

त्यस्तै चौबीस घण्टामा २४ जनाको कोरोनाका कारण मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या ९ हजार ६६१ पुगेको छ ।

प्रतिक्रिया