शनिबार, जेठ ५, २०८१

थुप्रै युवती सँग जोडिएका छन शाहरुख पुत्र

नेपालखोज २०७९ पुष २२ गते १४:४८

काठमाडाैं । आर्यन खानले चाडैं बलिउड उद्योगमा डेब्यू गर्ने भएका छन । उनी बलिउडका प्रसिद्ध स्टारकिडहरू मध्ये एक हुन् ।

प्रसंसकहरु उनको एक झलक पाउन आतुर हुन्छन् । त्यस्तै आर्यन खानको नाम पनि धेरै सुन्दरीहरुसँग जोडिएको छ । पछिल्लो समय उनको नाम नोरा फतेहीसँग जोडिएको छ । दुबै जना एकअर्कालाई डेट गरि रहेको खबर पनि आएको छ । नोरा र आर्यन सँगै पार्टीमा देखिए पछि त्यस्तो चर्चा चलेको हो ।

आर्यन खानले अमिताभ बच्चनकी नातिनी नव्या नवेली नन्दलाई पनि डेट गरेका छन् । उनिहरु दुबै एकसाथ भएका धेरै तस्विर भाइरल भएका छन् । आर्यन खानको नाम बलिउड अभिनेत्री अनन्या पाण्डेसँग पनि जोडिएको छ । यी दुबै पार्टीमा धेरै पटक सँगै देखिएका छन् । अनन्याले एक अन्तर्वार्तामा आफू आर्यनलाई धेरै मन पराउने बताएकी थिइन् ।

नव्या नवेलीसँगको अफेयरपछि आर्यन खानको नाम एक रोमानियाली युवतीसँग जोडिएको थियो । दुबैको तस्विर भाइरल समेत भएको थियो । यस विषयमा आर्यन र ती युवतीले केही टिप्पणी गरेनन् ।

प्रतिक्रिया